परीक्षार्थीलाई एसइई परीक्षा केन्द्रबाट गन्तव्यसम्म पुर्‍याउँदै काठमाडौं महानगर

शुक्रबार, १५ चैत्र २०८१, १६ : ४९

काठमाडौं - काठमाडौं महानगरपालिकाले एसइई परीक्षा दिई घर फर्किने विद्यार्थी तथा निरीक्षकहरूको लागि परीक्षा केन्द्रबाट गन्तव्यसम्म पुर्‍याएको छ ।

 महानगरले विभिन्न परीक्षा केन्द्रहरूबाट विद्यार्थी र निरीक्षकहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउनको लागि प्रहरी बल परिचालन गरेको हो।

एसइई परीक्षा समाप्ति पश्चात, परीक्षा केन्द्रहरूबाट घर फर्कने विद्यार्थी र निरीक्षकहरूको लागि महानगरले फोनमार्फत सहयोगको लागि गरिएको अनुरोध बमोजिम यो सेवा उपलब्ध गराएको हो। 

विशेष गरेर, परीक्षा सम्पन्न भएपछि घर फर्कने क्रममा विद्यार्थीहरूलाई असुविधा नहोस भनेर काठमाडौँ महानगरपालिकाले यो पहल अघि बढाएको जनाएको छ।
 

शुक्रबार, १५ चैत्र २०८१, १६ : ४९

प्रतिक्रिया