अपडेट: काठमाडौंका यी स्थानमा राति १० बजेसम्म कर्फ्यू

शुक्रबार, १५ चैत्र २०८१, १६ : ५३

काठमाडौं - आज अपरान्ह् ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यू जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बानेश्वर–तीनकुने क्षेत्र, गौशला–विमानस्थल–गैरीधारा–तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म र गौशला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको छ ।

शुक्रबार, १५ चैत्र २०८१, १६ : ५३

प्रतिक्रिया