काठमाडौं- राजसंस्था पुनःस्थापनार्थ गठित संयुक्त जनआन्दोलन समितिले सर्वपक्षीय वार्ताका लागि आह्वान गरेको छ । आज भएको आन्दोलनमा सरकारले दमन गर्दा स्थिति अशान्तपूर्ण बनेको आरोप समितिका प्रवक्ता स्वागत नेपालले लगाएका छन् ।
एक विज्ञप्ति जारी गर्दे नेपालले अब यो आन्दोलन सरकारले तोकिदिएको क्षेत्रमा मात्रै सीमित नरहने चेतावनीसमेत दिएका छन् । आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ ।’
उनले भनेका छन्, ‘गणतन्त्र कागजमा मात्र सीमित रहेको छ । यस अवस्थालाई ध्यानमा राखी पुरानो संसदीय व्यवस्थावादीहरुले नयाँ सहमतिको मार्ग प्रशस्त नगर्ने हो भने स्थिति थप भयावह हुने निश्चित रहेकाले तत्काल सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न, राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाहरु समेतलाई स्थितिको गम्भीर र विवेकपूर्ण पर्यवेक्षण गरिदिन समेत आह्वान गर्दछौं ।’

प्रतिक्रिया