अपडेटः राजावादीको आन्दोलनमा दुई जनाको मृत्यु, अर्का एक पुरुषको पनि शव फेला

शुक्रबार, १५ चैत्र २०८१, १९ : ००

काठमाडौं-काठमाडौंको तीनकुनेमा दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहले गरेको राजावादीहरूको आन्दोलनका क्रममा दुईजनाले ज्यान गुमाएका छ्न ।

तीनकुनेस्थित चौरमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति एवम् नागरिक बचाऊ महाअभियानका नामा भएको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा कीर्तिपुर नगरपालिका-४ गाम्चा घर भएका २९ वर्षीय सबिन महर्जनले ज्यान गुमाएका हुन् ।

प्रहरीका अनुसार झडपका क्रममा उनको छातीमा गोली लागेको थियो । गोली लागेपछि ढलेका उनलाई त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी कक्षमा दिउँसो ३ बजेर ५५ मिनेटमा उपचारका लागि लगिएको थियो।

राजावादीको आन्दोलनमा घाइते भएका महर्जनको मृत्यु

तर उनलाई त्यहाँका चिकित्सकले अपरान्ह ४ बजे मृत घोषणा गरे । अहिले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम गृहमा राखिएको छ।

त्यसैगरी राजावादीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित एक घरमा जलेर एकजना पत्रकार मृत्यु भएको छ।

राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर ज्यान गुमाउनेमा एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको खुलेको छ ।

शुक्रबार, १५ चैत्र २०८१, १९ : ००

प्रतिक्रिया