काठमाडौं- नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राजावादीको आन्दोलन हिंसात्मक भएपछि सरकार र नेताहरु द्वन्द्व बढ्न नदिन गंभीर बन्न जरूरी रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत द्वन्द्व बढ्न नदिन सरकार र नेताहरु गम्भीर बन्न जरुरी रहेको बताएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘सरकार र नेताहरु द्वन्द्व बढ्न नदिन गम्भीर बन्न जरूरी छ ।’
आज (शुक्रबार) राजावादी र गणतन्त्रवादीहरुले राजधानीका छुट्टाटुट्टै स्थानमा प्रर्दशन गरेका थिए । तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनले उग्ररुप लिएपछि हिंसात्मक भएको थियो । प्रदर्शनकारीले निजी भवनमा आगजनी गरेका छन् । प्रहरीले अराजक भीडलाई नियन्त्रण गर्न गोली चलाउँदा एक जनाको निधन भएको छ भने प्रदर्शनकारीले तीनकुनेको एक भवनमा आजगनी गरेपछि त्यसमा जलेर एक जनाको निधन भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया