राजावादी प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन

शनिबार, १६ चैत्र २०८१, ०९ : ०३

काठमाडौं- फरार रहेका तीनकुनेमा गरिएको राजावादीको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंको खोजी प्रहरीले तीव्र पारेको छ । 

शुक्रबार ‘राजसंस्था पुनर्स्थापनाका लागि भन्दै आयोजना गरिएको प्रदर्शन हिंसात्मक बनेसँगै उनी कार्यक्रम स्थलबाट भागेका थिए । प्रहरीले तिनकुनेको मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि गैरीगाउँको पेट्रोल पम्प नजिकैको घरको सटरमा पसेका प्रसाईँ स्कोर्पियो चढेर त्यहाँबाट हिँडेका उनी अहिलेसम्म फरार रहेको प्रहरीले जनाएको छ ।

उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला पहरी परिसर काठमाडौँ र प्रहरी प्रधान कार्यालयको टोलीले उनको खोजी तीव्र बनाएका छन् ।

शनिबार, १६ चैत्र २०८१, ०९ : ०३

प्रतिक्रिया