बारामा ८ किलो अफिमसहित दुई जना प्रहरीको नियन्त्रणमा

शनिबार, १६ चैत्र २०८१, ११ : ५३

काठमाडौं- बाराको सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट चैत्र १५ गते सशस्त्र प्रहरीले ८ किलो लागूऔषध अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरू मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ४४ र ४७ वर्षका रहेका छन् ।

हेटौँडाबाट विरगंजतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२९ च ५४१४ नम्बरको इलेक्ट्रिक गाडीमा सवार उनीहरूलाई सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा अफिमसहित नियन्त्रणमा लिइएको हो । साथै उनीहरूको साथबाट ६३ हजार ३ सय ६० नेपाल रुपैयाँ, ३ थान मोबाइल लगायतका सामानहरू समेत बरामद गरेको छ ।  

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद लागूऔषध, गाडी लगायतका सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । 

शनिबार, १६ चैत्र २०८१, ११ : ५३

प्रतिक्रिया