पत्रकार हत्या र सञ्चारगृहमा भएको आक्रमणको पोखरामा पनि विरोध

शनिबार, १६ चैत्र २०८१, १३ : २०

काठमाडौं- पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ कास्कीले विरोधसभा आयोजना गरेको छ । शनिबार पोखराको सहिदचोकमा विरोधसभा आयोजना गरिएको हो । 

विरोधसभामा पत्रकारहरुले शुक्रबार भएको घटनाको निन्दा गरेका महासंघकाले जानकारी दिएको छ ।

विरोधसभामा पत्रकारहरुले प्रेसमाथिको आक्रमण निन्दनीय भएको र पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग गरेका छन् । 

शनिबार, १६ चैत्र २०८१, १३ : २०

प्रतिक्रिया