काठमाडौं- काठमाडौं उपत्यका आज पनि विश्वकै प्रदूषित शहरको दोस्रो स्थानमा रहेको छ । हिउँदमा पानी नपरेका कारणले प्रदूषणको मात्रा बढेको हो ।
विश्वभर हावाको गुणस्तर अनुगमन गर्ने संस्था आईक्यू एअर इन्डेक्सकाअनुसार आज बिहान ११ बजे काठमाडौंको एअर क्वालिटी एक सय ७३ रहेको छ । पहिलोमा थाइल्याण्डको चियाङ माई हेको छ । एक्यूआई एक सय ५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सरलगायत रोगको जोखिम बढ्छ ।
प्रतिक्रिया