पूर्वराजाको नाममा काठमाडौं महानगरको पत्र, ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय

शनिबार, १६ चैत्र २०८१, १६ : ३८

काठमाडौं- काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा विभिन्न शीर्षकमा ८ वटा पत्र काट्दै ७ लाख ९३ हजार जरिवाना तोकेको छ ।

हिजो शुक्रबार राजावादी आन्दोलनका आन्दोलनकर्ताहरुले काठमाडौं महानगरपालिका ३२ तीनकुने क्षेत्रमा सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै शाहलाई जरिवाना गराएको हो ।

महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नियम उल्लंघन गरेको आरोप लगाएको छ । पत्रमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सम्बोधन गर्दै ठेगानामा निर्मल निवास, काठमाडौं उल्लेख गरिएको छ।

WhatsApp Image 2025-03-29 at 16.21.40_62ce8dc9WhatsApp Image 2025-03-29 at 16.21.40_237c9828WhatsApp Image 2025-03-29 at 16.21.39_1d421835WhatsApp Image 2025-03-29 at 16.21.39_81f0a812WhatsApp Image 2025-03-29 at 16.21.40_8cb561b8WhatsApp Image 2025-03-29 at 16.21.38_a444216aWhatsApp Image 2025-03-29 at 16.21.38_bef89bf5WhatsApp Image 2025-03-29 at 16.21.39_7451bae2

शनिबार, १६ चैत्र २०८१, १६ : ३८

प्रतिक्रिया