नेपाली कांग्रेसले भन्यो- तीनकुने घटनाको सबै जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ

शनिबार, १६ चैत्र २०८१, १९ : ५४

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसले शुक्रबार तीनकुनेमा घटेको सबै घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएको छ ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

आन्दोलन गर्ने समिति ज्ञानेन्द्र शाहले नै बनाएको भन्दै सम्पूर्ण घटनाको जिम्मा पूर्वराजाले लिनुपर्ने निष्कर्ष कांग्रेसले निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

शनिबार, १६ चैत्र २०८१, १९ : ५४

प्रतिक्रिया