पूर्वराजालाई पत्र बुझाउन गएको काठमाडौं महानगरको टोली रित्तै फर्कियो

आइतबार, १७ चैत्र २०८१, ११ : ०६

काठमााडौं- पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौं महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । आइतबार बिहान काठमाडौं महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेको थियो । 

उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो ।  शनिबार  महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो।

आइतबार, १७ चैत्र २०८१, ११ : ०६

प्रतिक्रिया