त्रिविका उपकुलपति बरालले अकस्मात किन दिए राजीनामा ? यस्तो छ भित्री कारण

आइतबार, १७ चैत्र २०८१, ११ : १९

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुपति केशरजंग बरालले शनिबार अकस्मात पदबाट राजीनामा दिएका छन् । १३ महिना अघि उपकुलपतिमा नियुक्त बरालले अस्वस्थ भएको बाहाना बनाउदै राजनीनामा दिइएका हुन् ।

गत वर्ष तत्कालिन प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्डले उनलाई कुलपतिमा नियुक्त गरेका थिए । पहिलो पटक प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गरेको दाबी गरेपनि प्रचण्डले माओवादी निकटका बराललाई नै उपकुलपतिको जिम्मेवारी दिएका थिए । नियुक्त भएको १३ महिनामा नै उपकुलपतिबाट एकाएक बरालले राजीनामा दिएपछि विभिन्न्न आशांका गरिएको छ ।

खासमा सरकार र आंशिक प्राध्यापकहरुको दवाव झेल्न नसकेर बराल जिम्मेवारीबाट टाढा भागेको आंकलन गरिएको छ । 

 
 
 
 
 
आइतबार, १७ चैत्र २०८१, ११ : १९

प्रतिक्रिया