काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कारमा विस्फोट भएको छ । उनको आधिकारिक कारहरूमध्ये एउटा कारमा विस्फोट भएको हो ।
यो विस्फोट गुप्तचर एजेन्सी एफएसबीको मुख्यालय बाहिर भएको थियो । विष्फोट हुने कार लक्जरी लिमोजिन कार थियो ।
रिपोर्टका अनुसार आगो इन्जिनमा लागेको थियो र त्यसपछि कारभरि फैलिएको थियो ।
यो हत्याको षड्यन्त्र थियो वा दुर्घटना मात्रै भन्ने कुरा अझै स्पष्ट भएको छैन । -एजेन्सी
प्रतिक्रिया