तीनकुने घटनामा सरकारी घुसपैठ, प्रहरीकै भूमिका पनि संकास्पद !

आइतबार, १७ चैत्र २०८१, १२ : १९

काठमाडौं- शुक्रबार राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा घटेको अप्रिय घटना सरकारकै गैरजिम्मेवारपन र प्रहरीकै अक्षमता उपज निम्तिएको रहस्य खुल्न थालेको छ । 

उक्त घटनामा परी दुई जनाले ज्यान गुमाएका छन् भने सरकारी तथा निजी भवनमा करोडौंको क्षति पुगेको छ ।  कीर्तिपुरका सुविन महर्जन प्रहरीको गोली प्रहारबाट र अर्का पत्रकार सुरेश रजकको भिडियो खिच्ने क्रममा घरमा आगलागी हुँदा त्यसमै जलेर निधन भएको थियो ।

तीनकुनेस्थित व्यापारिक भवनमा आगलागीमा परी निधन भएका एभिन्युजका पत्रकार रजकको उद्धारका लागि पटक पटक सरकारी निकाय गुहार्दा पनि सहयोग पाउन नसकेको स्थानीयले दुखेसो पोखेका छन् । एभिन्युज टेलिभिजनका पत्रकार रजक आन्दोलनकारीले आगजनी गरेको तीनकुनेस्थित घरभित्रै रहेको जानकारी पाउँदा पनि सरकारी निकायले उद्धारका लागि कुनै पहल नगरेको प्रत्यक्षदर्शीहरु बताउँछन् । 

एभिन्युज टेलिभिजनका सञ्चालक भाष्करराज कर्णिकारले पनि काठमाडौंका प्रमुख जिल्ला अधिकारी(सिडिओ) सहित सुरक्षा निकायका प्रमुखहरुलाई उद्धारका लागि सयौं पटक फोन र म्यासेज गर्दा पनि कुनै प्रतिक्रिया नदिएको जानकारी गराएका छन् । आन्दोलनकारी सुविन महर्जनलाई प्रहरीले हानेको गोली लागेर उपचारकै क्रममा निधन भएको थियो भने आगालागी भएको घरभित्र रहेका पत्रकार रजकको भने समयमै उद्धार हुन नसक्दा त्यही आगोमा जलेर निधन भएको हो ।

यस्तै आन्दोलनमा समेत सादा पोशाकका प्रहरी घुसपैठ गरेर प्रदर्शनकारीलाई उत्तेजित बनाउने काम गरेका थिए । एक जना पेस्तोल समाएका युवाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनी प्रहरीको लागु औषध नियन्त्र ब्यूरोमा कार्यरत प्रहरी रहेको बताइएको छ । पूर्णतया योजनाबद्ध र नियोजित रुपले घटना घटाइएको जानकारहरु बताउँछन् ।

सोही योजना अनुुसार कार्यक्रम सुरु हुनु अगावै प्रहरीबाट आयोजकको मञ्चमा अश्रुग्यास प्रहार गरिएको थियो । शान्तिपूर्ण तवरले कार्यकम सञ्चालन गर्न लाग्दा प्रहरीले जुन घरमा आगलागी भएको थियो त्यही घरको छतबाट मञ्चमै अश्रुग्यास प्रहार गरेपछि स्थिति अनियन्त्रित भएको थियो । त्यसपछि मात्रै राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले आफैं सवारी चलाएर निषेधित क्षेत्र तोडेको सोही दिन घटनास्थलमा रहेका प्रत्यक्षदर्शी बताउँछन् ।

आगलागी भएर पत्रकार रजकको मृत्यु भएको घरमा समेत निकैं संदिग्धरुपमा आगो लागेको त्यस वरपरका बासिन्दाहरुले सार्वजनिक रुपमै बताइरहेका छन् । एक स्थानीयका अनुसार प्रहरीले अश्रुग्यास त्यही घरको माथि छतबाटै हानिरहँदा आगो पनि सोही स्थानबाटै लाग्न सुरु गरेको थियो ।

त्यस दिन तीनकुने प्रदर्शनस्थलको सुरक्षार्थ खटिएको प्रहरीले पनि सुरक्षा व्यवस्था चुस्त बनाउन नसक्दा घटेको दुखद् घनामा होनहार दुई जना युवाले ज्यान गुमाएका छन् । त्यहाँ प्रहरीको कमाण्ड सम्हालेका एसपी अपिलराज बोहराको अक्षमताले नै धनजनको क्षति हुनेगरी अप्रिय परिस्थिति सिर्जना भएको प्रहरी स्रोत बताउँछ ।


 

आइतबार, १७ चैत्र २०८१, १२ : १९

प्रतिक्रिया