काठमाडौं – प्रतिनिधिसभा संसदमा जारी अवरोध खुलाउने विषयमा प्रधानमन्त्री ओली आइतबार सर्वदलीय बैठक डाकेका छन् । सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ ।
विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ । यसअघि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरु सँग बैठक राखेका थिए ।बैठकमा सभामुखले दुई दिनअघि भएको तिनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया