राजावादीको प्रदर्शन विरुद्ध एकीकृत समाजवादीले भण्डाफोर गर्ने

आइतबार, १७ चैत्र २०८१, १४ : २५

काठमाडौं – नेकपा(एकीकृत समाजवादी)ले राजावादीले गरेको लुटपात, आगजनी र तोफोडविरुद्ध चैत २५ भित्र सबै प्रदेश, जिल्ला र स्थानीय कमिटिले भण्डाफोर तथा प्रर्दशन गर्ने भएको छ ।

शनिबार बसेको स्थायि कमिटिको बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै समाजवादीले भण्डारफोर अभियान चलाउने जानकारी दिएको हो ।

शुक्रबार राजावादीको प्रर्दशनबाट २ जनाको मृत्यु हुनुका साथै एकीकृत समाजवादीको पार्टी कार्यालयसहित दर्जनौ सरकारी तथा नीजी संरचनामा क्षति पुगेको थियो । 
 

 
 
आइतबार, १७ चैत्र २०८१, १४ : २५

प्रतिक्रिया