पाँच महिनापछि रास्वपा सभापतिमा फर्किए रवि

आइतबार, १७ चैत्र २०८१, १५ : १९

काठमाडौं – पाँच महिनापछि रास्वपा सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् । सोमबाट सुरु हुने केन्द्रीय समिति बैठकमा लामीछाने सहभागी हुने कार्यसूची तय भएको छ ।

 गत पुस ८ मा बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको थियो । सहकारीको रकम अपचलनको मुद्धामा लामिछानेलाई २ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो ।

४ सहकारीको रकम अपचलनको मुद्धामा अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो । रिहा भएपछि लामिछाने पार्टी क्रियाकलापमा सक्रिय थिएनन् ।

 
 
 
 
 
आइतबार, १७ चैत्र २०८१, १५ : १९

प्रतिक्रिया