चैत १५ को घटनामा संलग्न व्यक्तिहरूको प्रमाण र सूचना उपलब्ध गराउन नेपाल प्रहरीको अपिल

आइतबार, १७ चैत्र २०८१, १५ : ५०

काठमाडौं- नेपाल प्रहरीले चैत १५ गते काठमाडौंका विभिन्न क्षेत्रहरूमा भएको तोडफोड, आगजनी, लुटपाट र अन्य गैरकानुनी गतिविधिहरूमा संलग्न व्यक्तिहरूको पहिचान र अनुसन्धानका लागि सार्वजनिक सहयोगको अपिल गरेको छ।

काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायतका क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, संचार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र र निजी तथा सरकारी सवारी साधनमा भएको तोडफोड र आगजनीको घटनामा प्रमाण संकलन गर्न जनताबाट सूचना संकलन गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ।

प्रहरीले सूचना कर्ताको गोपनियता कायम राख्ने सुनिश्चितता दिएको छ र नागरिकलाई सूचना उपलब्ध गराउनका लागि  [email protected] मा सम्पर्क गर्न अपिल गरेको छ।

 

आइतबार, १७ चैत्र २०८१, १५ : ५०

प्रतिक्रिया