कांग्रेस महामन्त्री शर्मा भन्छन्- प्रदर्शनमा भएको घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्छ

आइतबार, १७ चैत्र २०८१, १६ : १२

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादीको प्रदर्शनमा भएका घटनाको नैतिक जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताएका छन् । 

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले शुक्रबारको घटनामा पूर्णरुपमा पूर्वराजा ज्ञानेन्द्र शाह दोषी रहेको भन्दै सम्पूर्ण घटनाको जिम्मेवारी पूर्वराजाले नै लिनुपर्ने बताएका हुन् । 

पूर्वराजालाई संविधानले नागरिकलाई दिएको हक अधिकारभन्दा बढी दिएर राखेको भन्दै उनले यसलाई सम्मान गर्न नसकेको तर्क गरे । शर्माले जसको उक्साहटमा घटना भएको छ, त्यही अनुसार छानबिन हुनुपर्नेमा कांग्रेसको जोड रहेको बताए ।

 
 
 
आइतबार, १७ चैत्र २०८१, १६ : १२

प्रतिक्रिया