आफूहरुलाई जेल हाल्न राप्रपा अध्यक्ष लिङ्देनको चुनौती

आइतबार, १७ चैत्र २०८१, १६ : २५

काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूलाई जेल हाल्न चुनौती दिएका छन् । आइतबार संसद बैठकमा उनले आफूहरूलाई जेल हाल्न चुनौती दिएका हुन् ।

बैठकमा होहल्लाका बीच गणतन्त्रपक्षधर सांसदहरूले राजावादीहरूलाई थुन्नुपर्ने भनेपछि लिङ्देनले सक्ने भए जेल हाल्न चुनौती दिएका हुन् । ुसंसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ, सके जेल हाल’, लिङ्देनले भनेका छन् ।

संसद बैठक अवरोधकै बीच राजावादी र गणतन्त्रवादी सांसदहरूबीच आरोप–प्रत्यारोप चलेपछि १५ मिनेका लागि बैठक स्थगित भएको थियो । 

 
 
 
 
 
आइतबार, १७ चैत्र २०८१, १६ : २५

प्रतिक्रिया