काठमाडौं – सत्तारुढ दल नेकपा एमालेले सोमबार देशभर सचेतना जागरणसभा गर्दै छ । यसअघि नै पार्टीले निर्धारण गरेको कार्यक्रमअनुसार जागरणसभा गर्न लागिएको एमालेले जनाएको छ ।
पूर्वराजाका समर्थकहरूले अवाञ्छित गतिविधि बढाएपछि एमालेले जागरणसभा गर्ने निर्णय गरेको थियो । सोमबार ७७ वटै जिल्लामा जिल्लास्तरीय जागरणसभा गरिनेछ । एमालेको हाल वडा केन्द्रितअभियान पनि चलिरहेको छ ।
एमालेले ११ चैतदेखि ३० चैतसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी गतिविधिविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । सोही कार्यक्रमअन्तर्गत सोमबार काठमाडौं, धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्याली गर्न लागिएको छ ।
प्रतिक्रिया