प्रधानमन्त्री ओलीद्वारा समाजवादी मोर्चालाई धन्यवाद ज्ञापन

सोमबार, १८ चैत्र २०८१, १२ : ३१

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते राजधानीमा भएको समाजवादी मोर्चाको प्रदर्शन सभ्य रहेको बताएका छन् ।

शान्ति सुव्यवस्था कायम राख्दै विरोध र आलोचना गर्न पाइने संवैधानिक अधिकार रहेको ओलीले बताए । त्यसखाले आवाजलाई सम्मान गरिने उनको भनाइ थियो ।

चैत १५ गते राजधानीमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चाले प्रदर्शन गरेको थियो । उक्त प्रर्दशन शालिन रहेको भनेका प्रधानमन्त्री अ‍ोलीले तिनकुनेमा राजावादीले गरेको प्रदर्शन उत्तेजक रहेको भनेर आलोचना गरे ।

 
सोमबार, १८ चैत्र २०८१, १२ : ३१

प्रतिक्रिया