नारायणहिटी फर्किने ज्ञानेन्द्रको योजना, जेल हाल्ने रणनीतिमा सरकार

सोमबार, १८ चैत्र २०८१, १४ : ००

काठमाडौं- २०६२/६३ को जनअन्दोलनबाट इतिहासको डस्टबिनमा मिल्काइएको राजतन्त्र फर्काउन पछिल्लो समय एक तप्का सक्रिय भई लागेको छ । यति मात्रै होइन पूर्व राजा ज्ञानेन्द्र शाह नै पर्दा पछाडिबाट राजतन्त्र फर्काउन ग्रिन सिग्नल दिँदै आएका छन् । 

२ सय ४० वर्षसम्म रैती भएका नेपाली जनता राजतन्त्रको अवसानसँगै नागरिक भएका हुन् । आन्दोलनर्कै माध्यमबाट नेपाली जनताले विश्वकै उन्नत मानिएको गणतान्त्रिक व्यवस्था पनि मुलुकमा स्थापना गर्न सफल भएका हुन् । दोस्रो जनआन्दोलनको महत्वपूर्ण उपलब्धि राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना हो । 

मुलुकमा उदार लोकतन्त्र भएकै कारण पूर्व राजा ज्ञानेन्द्र शाहाले स–सम्मान रुपमा आम नागरिक भन्दा बलियो भएर बस्ने मौका पाएका छन् । अन्य मुलुकहरुको उहारण हेर्ने हो भने सत्ताबाट शासक अपदस्थ भएपछि कि त नजरबन्दमा बस्नुपर्ने हुन्छ, कि देशबाट निकालिएका सयौं दृष्टान्त छन् । तर, नेपालमा भने पूर्व राजा आफूले पाएको सेवा सुविधा र सम्मानको धज्जी उडाउँदै गणतन्त्रमाथि धावा बोलिरहेका छन् । 

राजनीतिक दलहरुप्रति नागरिक असन्तुष्ट रहेको मौका छोपी फोहर पानीमा माछा मार्ने कुचेष्टा पूर्व राजा ज्ञानेन्द्रले गर्दै छन् । जुन उनकै लागि आत्मघाति सावित हुँदै गएको छ । केही अराजक तत्वहरुलाई साथमा लिएर पुनः नारायणहिटि फर्केने दिवा सपना ज्ञानेन्द्रले बुन्दै गएका छन् । जसका कारणले पूर्व राजाको रुपमा उनको बचेकुचेको साख पनि धुलिसाथ हुने अवस्थामा पुगेको छ । 

यस कारण पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी फर्कन सक्दैनन् 

पूर्वराजा ज्ञानेन्द्रको छवि जनतामाझ सुरुदेखि नै सकारात्मक छैन् । २०५८ मा दरवार हत्याकाण्डमा परी राजा विरेन्द्र शाहाको निधनपछि त झन राजतन्त्रप्रति आवस्था नेपाली जनताको मानसपटलबाट हराइ सकेको छ । विरेन्द्रको अवसानवपछि ज्ञानेन्द्रले मुलुकमा प्रजातन्त्रको हुर्मत लिदै हुकुमै शैलीमा शासन सत्ता हातमा लिए । 

२०६१ मा ज्ञानेन्द्रले लादेको निरकुंश शासनबाट आज पनि जनता त्रसित छन् । राजनीतिक दलहरुप्रति जनतामा व्याप्त निराश छ । गणतन्त्र आएको १५ वर्षपछि पनि नेपाली जनता रोग, भोग र गरिवका कारण प्रताडित छन् । सरकारले जनतालाई डेलिभरी दिन सकेको छैन्, मुलुकमा भ्रष्टाचार, घुसठोरी र कालोबजारीले सीमा नागेको छ । यही कारणले जनता राजनीतिक दलहरुप्रति असन्तुष्ट छन् । तर यसको मतबल यो होइन कि फेरी नेपाली जनता राजतन्त्र फर्काउन चाहान्छन । 

राजनीतिक दलहरुले गरेका गलतका कामको उचित दण्ड दिने माध्येम निर्वाचन हो । निर्वाचनको माध्यमबाट दलहरुलाई उचित नैसियत दिएर नयाँ दलहरुलाई जनादेश दिन सकिन्छ । तर, नेपाली जनतालाई रैती बनाएको राजतन्त्रलाई किमार्थ स्वीकार गर्न सक्दैनन् । केही व्यक्तिहरु राजातन्त्रको पक्षमा डम्फु फुल्दै आएको भएपनि त्यो नेपाली जनताको माग होइन । राजनीतिक दलहरुप्रति जति नै बितृष्ण भएपनि हजारौ जनताको बलिदानमा प्राप्त भएको यो व्यवस्था राजाको हातमा दिन चाहादैनन् । 

यदि राजाको देश र जनताको सेवा गर्ने इच्छा छ भने नेता भएर चुनाव जित्दै सत्तामा पुग्न सकिन्छ । तर केही अराजक तत्वहरुलाई काधमा बोकेर आतंक र हिंसा फैलाउनु राजाको मुर्खता हो । जसरी राजाले केही थान मान्छेलाई सडकमा उतारेर सत्ता पल्टाउने सपना देखिरहेका छन् । 

त्यसरी नै सम्पूर्ण गणतन्त्रवादी राजाको विरुद्धमा आए भने निर्मल निवासको हालत के होला यसको हेक्का राजाले राख्नै पर्छ । तर, राजनीतिक विश्लेषक प्रा.डा प्रेम शर्मा मुलुकमा ज्ञानेन्द्र शाहाका पुर्खाले गरेको योग्दानलाई नकार्न नसकिने बताउँछन् । नेपालको एकीकृत देखि आधुनिक नेपाल निर्माणमा शाह वशंको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ । 

“जनताको मुद्धामा दलहरुले काम गर्ने सकेन त्यही कारण राजातन्त्रप्रति विश्वास पलायो” उनले भने । तत्कालीन राजनीतिक दल र माओवादीबीच दिल्लीको डिजाइनमा १२ बुँदे सम्झौता भएको समेत उनले ठोकुवा गरे । 

गणतन्त्र स्थापना हुने बेलामा राजतन्त्र र गणतन्त्रको विषयमा जनमत सग्रह गर्नुपर्ने भएपनि दलहरुले यसो नगरेको उनको भनाइ छ । गत शुक्रबार भएको घटनार्मा  दोषि करार गर्दै राजालाई जेल हाल्ने योजनामा दलहरु रहेको समेत उनले खुलासा गरेका छन् । 

 
 
 
 
सोमबार, १८ चैत्र २०८१, १४ : ००

प्रतिक्रिया