रास्वपाले भन्यो : तीनकुने घटनाको छानबिनका लागि उच्चस्तरीय आयोग गठन होस्

सोमबार, १८ चैत्र २०८१, १५ : १२

काठमाडौं – संसदमा तीनकुने घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठनको माग उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्ने बताए । आयोग गठन गरेर छानबिन गरिनुपर्ने आफूहरूको माग रहेको दोहोर्‍याए ।

चैत १५ गते तिनकुनेमा अराजकता भएको उनले बताए । त्यस दिनमा कुनै एक पक्षको मात्रै कमजोरी भयो भनेर अगाडि जान नहुने र सरकार र प्रदर्शनकारी दुवैतर्फको कमजोरीबारे जनताले यथार्थ थाहा पाउनुपर्ने बताए ।

 
 
 
 
सोमबार, १८ चैत्र २०८१, १५ : १२

प्रतिक्रिया