सभामुख भेट्न सिंहदरबार पुगे रवि

मंगलबार, १९ चैत्र २०८१, १० : ५८

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं निलम्बित सांसद रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार पुगेका छन्।

अहिले सभामुख र रास्वपा नेताहरुबीच छलफल जारी छ। लामिछाने उपसभापति डिपी अर्याल, प्रमुख सचेतक सन्तोष परियारसहित सभामुखलाई भेट्न सिंहदरबार पुगेका हुन्।

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वतः निलम्बनमा परेको थियो।

मंगलबार, १९ चैत्र २०८१, १० : ५८

प्रतिक्रिया