राप्रपाका सांसद दीपक बोहराको निधन

मंगलबार, १९ चैत्र २०८१, ११ : ३०

काठमाडौं- प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराका निधन भएको छ । लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको राप्रपा स्रोतले जनाएको छ ।

रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन् । उनी लामो समयदेखि घाँटीको समस्याबाट पीडित थिए ।

मंगलबार, १९ चैत्र २०८१, ११ : ३०

प्रतिक्रिया