काठमाडौं - नेपाल शिक्षक महासंघले (माघ २० गते) बुधवारदेखि काठमाडौं मा 'शैक्षिक सडक आन्दोलन' गर्ने भएको छ। महासंघले 'काठमाडौं जाऔँ अभियान' अन्तर्गत अनिश्चित कालीन शैक्षिक सडक आन्दोलन गर्न लागेको हो ।
आन्दोलनमा देशभरका सबै शिक्षक कर्मचारी सहभागी हुने महासंघले जनाएको छ । काठमाडौं आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने महासंघ बताएको छ ।
प्रतिक्रिया