आज मध्यरातदेखि संसद् अधिवेशन अन्त्य

मंगलबार, १९ चैत्र २०८१, १२ : ३३

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गरेका छन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन्  । मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः००  बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

मंगलबार, १९ चैत्र २०८१, १२ : ३३

प्रतिक्रिया