काठमाडौं – नेपालका मन्त्रीहरुको चर्तिकला पनि भनि साध्य छैन् । पावर र पहुँचले उन्माद भएर गैरकानुनी काम गर्दै आएका छन् । यस्तै जनतालाई रनभूल्लमा पार्ने एउटा काम गरेका छन् बहालवाल श्रम तथा सामाजिक सुरक्षा मन्त्रीले शरतसिंह भण्डारीले । भण्डारीले घरमा श्रीमती हुँदाहुँदै गर्लफ्रेन्डलाई नक्कली श्रीमती बनाएको विषय ओपन सेक्रेट जस्तै छ ।
उनले गर्लफ्रेन्ड निर्जला रावतलाई नक्कली श्रीमती बनाएर आफैंसँग राख्ने र विदेश समेत सयर गराउँदै आएका छन् । तर उनकी आफ्नी श्रीमतीलाई भने वेवास्ता गर्दै आएको बताइन्छ ।
भण्डारी निकट स्रोतका अनुसार उनकी आफ्नी श्रीमती रश्मिसिंह भण्डारी भए पनि निर्जलालाई नक्कली श्रीमती बनाएर सँगै राख्दै आएका छन् । मन्त्रीको श्रीमतीको हैसियतले पाउने सेवा, सुविधा र सम्मान नक्कली श्रीमती रावतले थाप्दै आएकी छन् ।
मन्त्री भण्डारी गत कार्तिकमा विदेश भ्रमण जाँदा नक्कली श्रीमती रावतलाई साथमै लिएर गएको खुलेको छ । उनले साथी तथा पार्टीका कार्यकर्तालाई निर्जला नै आफ्नो श्रीमती भएको बताउँदै आएका छन् ।
यद्यपि, कानुन अनुसार श्रीमती हुनका लागि सम्बन्धित वडा कार्यालयमा विवाह दर्ता गरेको हुनुपर्छ । तर, भण्डारी र रावलबीच श्रीमान श्रीमती पुष्टि गर्ने कुनै पनि वैधानिक आधार छैन् ।

प्रतिक्रिया