काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) ले विभिन्न अपराधमा जेल जीवन बिताइरहेका १६६ जना नेपालीलाई आममाफी दिएको छ।
रमजान महिना र ईदको अवसरमा युएई सरकारले १६६ नेपाली कैदीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त निर्णयप्रति युएई सरकारलाई धन्यवाद दिएको हो। दुई देशबीचको सम्बन्धलाई थप सौहार्दता प्रदान गरेको र यस प्रकारको क्षमादानलाई नेपाल सरकारले उच्च मूल्यांकन गर्ने विज्ञप्तिमा उल्लेख छ ।
सरकारले युएईस्थित नेपाली दूतावासमार्फत कैदीबन्दी नेपालीहरूलाई माफी दिन अपील गरेको थियो।
प्रतिक्रिया