काठमाडौं - उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमा दोस्रो स्थानमा पुगेको छ।हिजोसम्म उपत्यका प्रदूषणको दृष्टिले विश्वकै पहिलो स्थानमा रहेको थियो ।
‘एयर क्वालिटी इन्डेक्स’का अनुसार, आज बिहान ७:२५ बजेको मापनअनुसार काठमाडौंको समग्र वायु गुणस्तर सूचकांक एक्यूआई २४९ रहेको छ ।
वायु प्रदूषणको दृष्टिले पहिलो स्थानमा रहेको भारतको राजधानी नयाँ दिल्लीको एक्यूआई ३५३ पुगेको छ । यस्तै, वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा पाकिस्तानी शहर लाहोर छ, जहाँको एक्यूआई १७८ रहेको छ।
प्रतिक्रिया