काठमाडौंमा शिक्षक महासंघको सडक आन्दोलन सुरु

बुधबार, २० चैत्र २०८१, १६ : ४५

काठमाडौं- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले बुधबार माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन र्‍यालीसहित विरोध प्रदर्शन गरेको छ । विगतमा भएका सहमति सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिदैँ महासंघले प्रदर्शन गरेको हो। 

वार्षिक परीक्षा सकाएर विगतमा भएका सम्झौता पालना गराउन माग गर्दै देशभरका शिक्षकहरूले अर्को चरणको आन्दोलन अन्तर्गत काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका हुन् ।

संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र  जारी गर्न मागसहित आन्दोलन थालिएको महासंघले बताएको छ । महासंघले हरेक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म माइतीघर बानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

बुधबार, २० चैत्र २०८१, १६ : ४५

प्रतिक्रिया