नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित पाँच जना निलम्बन

विहीबार, २१ चैत्र २०८१, १० : ३६

काठमाडौं- रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ।

अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराएको हो। सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपाल, विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिना निलम्बन भएका हुन्।

उनीहरूलाई संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धान्त परिपालना नगरेकोलगायत कारण देखाउँदै निलम्बन गरिएको हो ।
 

विहीबार, २१ चैत्र २०८१, १० : ३६

प्रतिक्रिया