भाटभटेनी लुटपाटमा संलग्न रहेको आरोपमा रास्वपाका नेता पक्राउ

विहीबार, २१ चैत्र २०८१, १० : ५६

काठमाडौं- गत १५ गते राजावादीहरुको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का जिल्ला सभापति समेत पक्राउ परेका छन् । रास्वपाका नेता राजकुमार राई राजावादी नेताहरुसँग पक्राउ परेका हुन् ।

प्रहरीले उनको गतिविधिलाई सिसी टिभीमा हेरेर पक्राउ गरेको हो। अमेरिकाबाट पीएचडी गरेका र सीसीआरसी कलेज बालकुमारीका डाइरेक्टरसमेत रहेका राई रास्वपा खोटाङका सभापति हुन् ।

उनले चैत १५ गते कोटेश्वरको भाटभटेनीबाट महंगा ब्रान्डका ब्ल्याकलेबल, ब्यू लेबल जस्ता ह्वीस्की चोर्दै गरेको सीसीटीभी फुटेजका आधारमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

विहीबार, २१ चैत्र २०८१, १० : ५६

प्रतिक्रिया