काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सोही पदबाट हटाइएका कुलमान घिसिङले दायर गरेको रिटमा आज तेस्रो दिनको सुनुवाइ हुँदैछ ।
गत मंगलबार र बुधवार हेर्दाहेर्दैमा राखिएको मुद्दा आज लगातार तेस्रो दिन सुनुवाइ हुन लागेको हो । न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले दुवैका रिटमाथि सुनुवाइ गत मंगलबारदेखि सुनुवाइ गरिराखेको छ ।
यस्तै, बुधवार सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले बहस गरेका थिए। आज सरकारी वकिल र हितेन्द्रका कानुन व्यवसायीहरूले बहस गर्नेछन् ।
प्रतिक्रिया