काठमाडौं - हिमालयन डिस्टिलरी लिमिटेडको अध्यक्षमा शंकर राज पाण्डे नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको चैत २० गते बसेको बैठकले पाण्डेलाई अध्यक्ष पदमा नियुक्ति गरेको हो। पाण्डे काठमाडौं महानगरपालिका-३४, बानेश्वरका स्थायी निवासी हुन्।
कम्पनीका तत्कालीन अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले दिएको राजीनामा चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले राजीनामा स्वीकृत गरेपछि रिक्त रहेको पदमा पाण्डेलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया