आन्दोलनरत शिक्षकलाई सरकारले बोलायो वार्तामा

विहीबार, २१ चैत्र २०८१, १३ : २२

काठमाडौं- सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूलाई वार्तामा बोलाएको हो ।

शिक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘शिक्षक समुदायसँग विगत झै फेरि पनि सान्दर्भिक छलफल गर्न र साँजा धारणा निर्माण गर्न नेपाल सरकार हमेशा तयार रहेकाले शिक्षा तथा करम्चारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौं । विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामूहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक छ।’

विहीबार, २१ चैत्र २०८१, १३ : २२

प्रतिक्रिया