काठमाडौं - नेपाल हाइड्रो डेभलपर लिमिटेडको स्वतन्त्र सञ्चालकमा इन्जिनियर भोला श्रेष्ठ नियुक्त भएका छन्।
कम्पनीको चैत २१ गते बेलुकी ४ बजे बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सोही दिनदेखि लागू हुने गरी नियुक्त गरेको हो।उनलाई आगामी ४ वर्षको कार्यकाल तोकेर नियुक्ति गरिएको छ ।
प्रतिक्रिया