काठमाडौं महानगरका कर्मचारीले सोमबार तलब पाउने

शुक्रबार, २२ चैत्र २०८१, १३ : ४३

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले रोकिएका कर्मचारीको तलबका लागि तोक लगाइदिएका छन् । शुक्रबार कार्यालय समय सुरु हुनासाथ गुरागाईंले कर्मचारीको तलबका लागि तोक लगाइदिएका हुन् ।
यसअघि गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईं बिहीबार कार्यालय हाजिर भएका थिए ।

उनी हाजिर गर्न पुगेलगत्तै महानगरमा केहीबेर तनाव भएको थियो । उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो ।
तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्‍याएका थिए । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो ।

त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो । यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका थिए ।

 
 
शुक्रबार, २२ चैत्र २०८१, १३ : ४३

प्रतिक्रिया