रवि लामिछानेलाई सोमबार अदालतमा उपस्थित गराइने

शनिबार, २३ चैत्र २०८१, १० : ०९

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ ।

शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आज बिहान भैरहवा ल्याएको हो । यती एयरलाइन्सको विमानमार्फत बिहान ९ः१२ बजे लाछिानेलाई गौतमबुद्ध विमानस्थलमा ल्याइपुर्‍याइएको हो ।

अब उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ । विमानस्थलबाट उनलाई प्रहरी कार्यालयमा लिइएको  छ । आज र भोलि सार्वजनिक बिदा परेकाले उनलाई सोमबार मात्र रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै शुक्रबार राति लामिछाने पक्राउ परेका थिए ।

 
 
 
 
 
 
 
शनिबार, २३ चैत्र २०८१, १० : ०९

प्रतिक्रिया