काठमाडौं- हिमपहिरोमा परेर हराइरहेका चिनियाँ नागरिकको १२ दिनपछि शव फेला परेको छ ।
गत चैत ११ गते अन्दाजी १२स् ३० बजे जिल्ला कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउराली स्थित चुम्रुङमा आएको हिमपहिरोपछि अन्नपूर्ण बेस क्याम्पबाट घान्द्रुकतर्फ आउँदै गरेका २८ वर्षीय ई चेङ युवान सम्पर्कविहीन भएका थिए ।
तत्कालै स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले उनलाई फेला पार्न नसकेपछि कालिका गणबाट चैत १६ गते सहायक प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा विशेष विपद् उद्धार टोली खोजी कार्यको लागि खटिएको थियो ।
टोलीले निरन्तर रूपमा खोजी कार्य गर्दा शनिबार अन्नपूर्ण गाउँपालिका-११ देउराली चुम्रुङ्गस्थित मादि नदी किनारबाट २० मिटर उत्तरतर्फ झोला बोकी घोप्टो परेको अवस्थामा शव फेला पारेको हो । उक्त शवलाई ११ः२० बजे घटनास्थलबाट बाहिर निकालेको कालिका गणले जानकारी दिएको छ ।
प्रतिक्रिया