ट्रम्पको नयाँ कर नीतिको प्रभाव: ५०० अर्बपतिको सम्पत्तिमा भारी गिरावट

शनिबार, २३ चैत्र २०८१, १५ : ३४

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कर नीतिले सयौं अरबपतिहरूलगायत विश्व अर्थतन्त्रलाई नै धक्का दिएको छ। ट्रम्पले गरेको कर बढाउने घोषणाका कारण विश्वभरका बजारमा ठूलो गिरावट आएको छ ।

यो नीतिका कारण विश्वका ५ सय धनी व्यक्तिले एकै दिनमा अर्बौं रुपैयाँ गुमाएका छन् । विश्वका शीर्ष २० धनी व्यक्तिहरू ट्रम्पको ट्यारिफ आक्रमणबाट प्रभावित हुँदा उनीहरूको सम्पत्तिमा ठूलो गिरावट आएको छ। ट्रम्पका नजिकका साथी एलन मस्क पनि ट्रम्पको ट्यारिफ आक्रमणमा पर्दा नेटवर्थ घटेको छ ।

विश्वका शीर्ष २० धनी व्यक्तिहरूको सम्पत्ति अरबपतिहरूको सूचीमा घटेको धनीहरूको ट्र्याक गर्ने वेबसाइट ब्लुमबर्गले जनाएको छ। ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार १३ वर्षमा विश्वका शीर्ष धनीहरूले यति ठूलो नोक्सानी भोगेको यो चौथो पटक हो। यसअघि पनि कोरोनाका कारण यति धेरै क्षति भएको थियो ।

तथ्यांकअनुसार प्रत्येक धनीले औसतमा ३.३ प्रतिशत घाटा बेहोर्नु परेको छ ।

null

शनिबार, २३ चैत्र २०८१, १५ : ३४

प्रतिक्रिया