कुकुर/बिरालो पाल्नेलाई काठमाडौं महानगरको आग्रह: माइक्रोचिफ लगाई वडा कार्यालयमा दर्ता गराउनु

शनिबार, २३ चैत्र २०८१, १५ : ४५

काठमाडौं- काठमाडौं महानगरपालिकाले  वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्न अनुरोध गरेको छ । 

महानगरपालिकाले एक सूचनामार्फत भनेको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रमा कुकुर बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको हुँदा आफ्ना कुकुर बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित वडा कार्यालयमा दर्ता गराएर मात्र पाल्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’

साथै, काठमाडौं महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर बिरालो बिक्री वितरण गर्ने व्यक्ति तथा संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्नुरगराउन समेत सूचनामार्फत अनुरोध गरिएको छ ।

486725340_2261287657646393_6022565500147975197_n

शनिबार, २३ चैत्र २०८१, १५ : ४५

प्रतिक्रिया