अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

आइतबार, २४ चैत्र २०८१, १० : ०६

काठमाडौं – अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढुंगाडेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति लु २ च २९९० नम्बरको जिप दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी चालक मालारानी– ४ का २२ वर्षीय दिलीप खनाल र जिपमा सवार बालकृष्ण रिजालको मृत्यु भएको हो । प्रहरीका अनुसार उक्त दुर्घटनामा परी थप दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

 
 
आइतबार, २४ चैत्र २०८१, १० : ०६

प्रतिक्रिया