काठमाडौं -नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई उपाध्यक्षमा मनोनीत गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनयन गरेर उपाध्यक्षको जिम्मेवारी दिएका हुन् ।
यसअघि पार्टीको पदाधिकारी, स्थायी र केन्द्रीय समिति बैठकमा सहभागी हुँदै आएका पासाङलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाइएको थियो ।
प्रतिक्रिया