रवि लामिछाने भैरहवा कारागार चलान

सोमबार, २५ चैत्र २०८१, ११ : ४९

काठमाडौं-  बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई  भैरहवा कारागार चलान गरिएको छ ।  

जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो। 

जिल्ला  प्रहरी  कार्यलय  रुपन्देहीका अनुसार सबै अदालती प्रक्रिया पुर्याएर कारागार पठाइएको हो ।  अब अदालतको अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने छन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो । 

सोमबार, २५ चैत्र २०८१, ११ : ४९

प्रतिक्रिया