काठमाडौं महानगरका कर्मचारीले पाए रोकिएको तलब

सोमबार, २५ चैत्र २०८१, १२ : ३८

काठमाडौं- काठमाडौं महानगरपालिकाका कर्मचारीले तीन महिनादेखि रोकिएको तलब पाएका छन्।

कर्मचारीको खातामा आज तलब पठाइएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए।

कुचीकारदेखि मेयरसम्मका पाँचहजार बढी कर्मचारी र जनप्रतिनिधिको तीन महिनाको तलब उनीहरूको बैंक खातामा पठाइएको उनले बताए।

सोमबार, २५ चैत्र २०८१, १२ : ३८

प्रतिक्रिया