आज बल्खुमा राप्रपाको प्रदर्शन, सुरक्षा व्यवस्थामा कडाई

मंगलबार, २६ चैत्र २०८१, ०९ : ४८

काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले काठमाडौंमा प्रदर्शन गर्न लागेको छ । 

राप्रपाको प्रदर्शनलाई विभिन्न राजावादी संघ संगठनहरुले समर्थन समेत गरेका छन् । गत चैत १५ गते राजावादीहरुकोे तीनकुनेमा आयोजित प्रदर्शनमा सुरक्षा समन्वयको अभावमा हिंसा भड्किएको थियो ।

त्यसलाई मध्यनजर गर्दै प्रहरीले आजको प्रदर्शनमा सुरक्षा व्यवस्था चुस्त बनाइने बताएको छ । सोमबार तीनवटै सुरक्षा निकायका प्रमुखको बैठकले समेत सुरक्षा व्यवस्था मजबुद बनाउने विषयमा छलफल भएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई बल्खु चोकबाट त्रिभुवन विश्वविद्यालय तर्फको सडकमा कार्यक्रम गर्न अनुमति दिएको छ । बल्खुको सभामा मात्रै २ हजार भन्दा धेरै प्रहरी परिचालन गर्ने गरी काठमाडौँ प्रहरीले सुरक्षा रणनीति तयार गरेको छ ।

मंगलबार, २६ चैत्र २०८१, ०९ : ४८

प्रतिक्रिया