राप्रपाको प्रदर्शन सुरु नहुँदै बल्खुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति

मंगलबार, २६ चैत्र २०८१, ११ : ४४

काठमाडौं- राप्रपाको प्रदर्शन सुरु नहुँदै बल्खुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ । गत चैत १५ गते राजावादीको प्रदर्शन हिंसात्मक भएपछि आज राप्रपाको प्रदर्शनलाई सुरक्षा निकायले गम्भीर रुपमा लिएका छन् ।

बल्खुमा आयोजित राप्रपाको प्रदर्शनमा करिब २ हजार भन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । यस्तै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरु पनि त्यहाँ खटिने बताइएको छ ।

आज १ बजे राप्रपाले बल्खु क्षेत्रमा प्रदर्शन गर्ने भएपछि सोमबार तीनवटै सुरक्षा निकायका प्रमुखको बैठक बसेर सुरक्षा संवेदनशीलताको विषयमा छलफल गरेका थिए । कुनै अप्रिय घटना घट्न नदिन आज बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
 

मंगलबार, २६ चैत्र २०८१, ११ : ४४

प्रतिक्रिया